Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

काठमाडौ, २९ माघ २०८१ । काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा घाइते भएका २ जनाको उपचारको क्रममा मृत्यु भएको छ।

गत बिहीबार भएको उक्त घटनामा परी ११ जना घाइते भएका थिए। बिहीबार बिहान पौने ९ बजेतिर ग्याँस सिलिण्डर विष्फोट भएर आगोलागी हुँदा ११ जना घाइते भएका हुन्।

मृत्यु भएकामा हेटौँडाका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घले रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जनाएका छन्।

उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो। उपचारको क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको जनाइएको छ । अन्य घाइतेको पनि कीर्तिपुर अस्पतालमा नै उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया