Online Bichar
मंगलबार, चैत्र ०४, २०८१ | Tuesday, March 18, 2025

काठ्माडौं, २८ माघ २०८१ । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार (कुटपिट) गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ। गत माघ २४ मा काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए।

ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। उनीहरूले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए।

प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ। उनीहरूलाई प्रहरी वृत्त दरबारमार्ग हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी छ।

 

तपाईको प्रतिक्रिया