झापा, २७ माघ २०८१ । रुखको हाँगा काटने क्रममा बिजुलीको पोलमा लागी ढलेर लाग्दा झापामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-५ का ५८ वर्षिय मंगले सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आईतबार(आज)बिहान १०ः३० बजेको समयमा मेचीनगर नगरपालिका-५ स्थित रहेको नकलबन्दा टि-स्टेड चिया बगानमा सोही ठाउँ बस्ने २६ वर्षिय सिताराम उराउ र २३ वर्षिय सिलास उराउले बगानमा रहेको पिपलको रुखको हाँगा काटने क्रममा हाँगा बिजुलिको पोलमा लागेर करेन्ट नभएको बिजुलीको पोल ढल्दा उक्त पोलमा रहेको तारले काम लगाउने कर्मचारी सार्कीको टाउकोमा चोट लाग्दा घाईते भएका थिए ।
घाईते सार्कीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर झापा पठाईएकोमा उपचारको क्रममा ११ः१५ बजेको समयमा उनको मृत्यु भएको थियो । रुखको हाङगा काट्ने दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।