Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

बिर्तामोड, २६ माघ २०८१ । नेपाल शिक्षक संघ बिर्तामोडको सातौं प्रतिनिधि सभामा नगरभरिका १० उत्कृष्ट शिक्षकसहित एक कर्मचारी सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा महेन्द्ररत्न माध्यमिक विद्यालयका भवानीप्रसाद खरेल र शोभा सुवेदी ,देवी माध्यमिक विद्यालयका कैलाश पोख्रेल ,वीर अमरसिंह माविका मोहन ओझा,मोहनमाया माविका सिर्जना पौडेल र जीवकुमारी दाहाल ,सरस्वती मावि बुट्टावारीकी सुशिला सापकोटा पोख्रेल,महेन्द्रज्योति मावि सैनिकबजारका विरेन्द्र कडरिया रहेका छन् ।

त्यस्तै स्थायी नियुक्तिका आधारमा सवैभन्दा जेष्ठ शिक्षक भरत भट्टराई र होमनाथ पौडेललाई स्वर्गीय टिकाप्रसाद ंदेवका देवी स्मृति पुरस्कारबाट नगद रु २५०० सहित सम्मान गरिएको छ । यस वर्ष शिक्षण पेशाबाट अवकाश हुने कृष्णप्रसाद रिजाल,सुशिला थपलिया , कल्पना भण्डारी ,गजेन्द्र नेपाली ,मिरा थपलियालाई दीर्घसेवा सम्मानसहित विदाई गरिएको छ । त्यसैगरी सरुवा भई बिर्तामोड आएका शिक्षकहरुलाई स्वागत गरिएको थियो।

नेपाल शिक्षक संघ बिर्तामोडका सभापति जयकुमार प्रसाईको अध्यक्षता तथा नेपाली कांग्रेसका महासमिति सदस्य ,जिल्ला कोषाध्यक्ष एवम् सामाजिक व्यक्तित्व जलकुमार गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल शिक्षक महासंघ झापा अध्यक्ष नेत्रप्रसाद खरेल रहेका थिए । त्यस्तै नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोयानाथ दाहाल, बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, बिर्तामोड साना सहरी तथा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला,संघीय प्रतिनिधि कृष्णमाया रिजाल ,प्रदेश सदस्य भरत भट्टराई , नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेलको आतिथ्यता रहेको थियो।

कार्यक्रममा अध्यक्ष जयकुमार प्रसाईले नेपाल शिक्षक संघ बिर्तामोडले एक वर्षभित्रमा सम्पादन गरेका कार्यहरु साथै आगामी दिनमा गर्नुपर्ने कार्यक्रमहरु प्रस्तुत गरेका थिए । त्यसैगरी अर्थ सचिव तेजेन्द्र थापाले एक वर्षभरिको आयव्यय सभासमक्ष प्रस्तुत गरेका थिए । बिर्तामोडमा नेपाल शिक्षक संघमा कुल १८५ शिक्षकहरु आवद्ध रहेका छ्न ।

कार्यक्रममा प्रमुख अतिथि जलकुमार गुरुङ, नेपाल शिक्षक महासंघ झापा अध्यक्ष नेत्रप्रसाद खरेल, बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ , नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल, मोहनमाया माध्यमिक विद्यालय प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ , नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोयानाथ दाहाल,संघीय प्रतिनिधि कृष्णमाया रिजाल, प्रदेश सदस्य भरत भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सरस्वती दाहालले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको संचालन सचिव युवराज ढकालले गरेका थिए । नेपाल शिक्षक संघको प्रतिनिधि सभा कचनकवल ,भद्रपुर,हल्दिवारी र कमलमा सम्पन्न भइसकेको छ । नेपाल शिक्षक संघ झापाको यसै महिनाभरिमा जिल्लाका सबै पालिकाहरुमा प्रतिनिधि सभा सम्पन्न गर्ने योजना रहेको छ । त्यस्तै जिल्ला प्रतिनिधि सभा फागुन १५ गते गर्ने योजना रहेको नेपाल शिक्षक संघ झापाका सह–सचिव युवराज कट्टेलले जानकारी दिए ।

प्रतिनिधि सभामा नेपाल शिक्षक संघले एक वर्षभरिमा सम्पन्न गरेका कार्यहरु प्रस्तुत गर्नुका साथै आगामी वर्षहरुमा सम्पादन गर्ने कार्यक्रम तयार पार्ने गर्दछ। नेपाल शिक्षक संघ बिर्तामोडको सातौं प्रतिनिधि सभाले आफू कार्यरत रहेका विद्यालयलाई उत्कृष्ट बनाउने संकल्प लिनुको साथै विद्यार्थीको सिकाई अभिवृद्धि गर्ने र शिक्षकहरुलाई उत्प्रेरित गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्ने तय गरेको छ । साथै प्रतिनिधि सभाले सरस्वती दाहालको संयोजकत्वमा २३ सदस्यीय महिला विभाग गठन गरेको अध्यक्ष जयकुमार प्रसाईले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया