Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठमाडौं, २५ माघ २०८१ । झापामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–९, खातेका २१ वर्षीय सञ्जीव आचार्य छन् ।

१० वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (आज) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी चौकी घोडामाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया