Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

झापा, २१ माघ २०८१ । झापाको काँकडभिट्टामा भन्सार छलीका इन्भर्टर र ब्याट्रीसहित तीन लाख बढीको सामान बरामद गरिएको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाइछिपाई ल्याउँदै वडोमस नामक मदिरा ९० बोतल, १२ भोल्टको ब्याट्री थान ४ र इन्भर्टर थान ३ इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बसपार्कबाट बरामद गरेको हो ।

अन्दाजी ३ लाख ३५ हजार मुल्य बराबरको सो सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया