Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

काठमाडौं, २१ माघ २०८१ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा गोविन्द आचार्यलाई जिम्मेवारी तोकिएको छ । उनले सचिवालयका सबै कामकारबाही हेर्नेगरी जिम्मेवारी पाएका हुन् ।

पार्टीको सोमबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

ती पदाधिकारीका अनुसार सचिवालयमा बसेर काम गर्दै आएका रमेश मल्लाई भने विशेष प्रदेशको सह–ईन्चार्जको जिम्मेवारी दिइएको छ ।

आचार्य यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको भूमिकामा थिए ।

 

तपाईको प्रतिक्रिया