Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

झापा, २० माघ २०८१ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भवन निर्माणका क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नवलपरासीको पाल्हिनन्द गाउँपालिका(स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल,विद्यालय सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारसमेत गरी तीनजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर भएको हो। अख्तिायरका प्रवक्ता नरहरि घिमिरेका अनुसार अनु सन्धानका क्रममा प्रधानाध्यापक कण्डेल,विद्यालय सहायक लेखापाल गुप्ता र

विद्यालय व्यवस्थापन समितिका सदस्य कहारको मिलेमतोमा भवन निर्माण सम्पन्न पछि अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग ६५ हजार घुस लिएको पुष्टि हुन आएपछि उनीहरूविरुद्ध आरोप पत्र दायर भएको हो। उनीहरू केही समयअघि सेवाग्राहीबाट ६५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो र जरिवाना सजायको माग गरिएको विशेषमा दायर गरेको आरोप पत्रमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया