भद्रपुर, १९ माघ २०८१ । झापा वार एसोसिएसन इकाई समितिको अध्यक्षमा वसन्त नेपाल सर्वसम्मत चयन भएका छन् । आगामी २ वर्षे कार्यकालका लागि प्रगतिशील कानुन व्यावसायिक एसोसिएसन र प्रजातान्त्रिक कानुन व्यावसायिक एसोसिएसनको आलोपालोको सहमतिको आधारमा यस पटक डिएलए अर्थात् प्रजातान्त्रिक कानुन व्यवसायी एसोसिएसनको तर्फबाट अधिवक्ता नेपाल चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा चित्रबहादुर मगर, सचिवमा दीपेन्द्र भट्टराइ, सहसचिवमा सानु कार्की र कोषाध्यक्षमा विदुर ढुङ्गाना निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक हरि अधिकारीले जानकारी दिए ।
त्यसैगरी सदस्यहरुमा क्रमशः नारायण प्रसाद पौडेल, हेमकला कट्टेल, शान्ता पाठक, डम्बर गिरी, तारामणि सापकोटा, तारादेवी वाराकोटी, नरेश खाती र भूपालमान भट्टराई चयन भएका छन् । केन्द्रीय पार्षद्मा नरेन्द्र ढकाल, लक्ष्मीप्रसाद शिवाकोटी, वेणुप्रसाद सिटौला, पवन कार्की, लेखनाथ निरौला, यज्ञप्रताप अधिकारी, लक्ष्मीप्रसाद अधिकारी र दिर्घसिंह पौडेल चयन भएका छन् ।
झापा बारमा विगत नै देखि कार्य समिति चयनमा पिपिपलए र डिएलए बिच आलोपालो पद्धतिबाट समिति चयन हुने गरेको निर्वाचन समिति संयोजक तथा बारका पूर्वअध्यक्ष अधिकारीले बताए ।