Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

झापा, १९ माघ २०८१ । झापामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट मृत्यु हुनेमा कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बास्तोलाले चौधरीलाई सामान्य विवादको क्रममा लाठी प्रहार गरी कुटपिट गरेका थिए ।

घाइते चौधरीको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको हो । संलग्न बास्तोलालाई घटना भएलगत्तै इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया