काठमाडौं, १६ माघ २०८१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।
चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउमा पनि बढेको छ । युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, मलेसियन रिंगेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।
राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५२ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा तोकिएको छ ।