Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

१४ माघ २०८१ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार खारेजी संघर्ष समितिले विरोध प्रदर्शनसहित कोणसभा गरेको छ ।

आज दिउँसो फुङलिङ –१० काफ्लेपाटीमा पाथीभरा केबलकार खारेजी आन्दोलन पक्षका किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनको नेतृत्वमा ‘केबलकार खारेज गर , प्रहरी दमन मुर्दावाद, हाम्रो धर्म हाम्रो अधिकार, मुन्धुमी क्षेत्रमा सैन्यकरण बन्द गर’ जस्ता नारा लेखिएको प्लेकार्ड तथा कालो झन्डासहित कोणसभा गरिएको हो ।

८०–९० जनाको उपस्थितिमा कोणसभा गरिएको र उक्त स्थानमा प्रहरी निरीक्षक विवेक बस्नेतको कमाण्डमा ३८ जना र सशस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमाण्डमा ५० जनाको टोली खटिएको बताइएको छ ।

मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतका ६ वटा संस्थाले माघ १५ गते मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । पाथीभरा क्षेत्रमा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै बन्दको आह्वान गरेका हुन् ।

तपाईको प्रतिक्रिया