झापा, १४ माघ २०८१ । उदयपुरको कटारी नगरपालिका –३ कटारी बसपार्कमा बसका सहचालक बसभित्र मृत फेला परेका छन् ।
हिजो बिहान ५ः५० बजे ३ कटारी बसपार्कमा कटारीदेखि जनकपुर चल्ने ना ३ ख ७९०६ नम्बरको रामजानकी बासुदेव बसभित्र सोही बसका सहचालक सिरहा कर्जन्हा –४ भुल्के बस्ने ३० वर्षीय रोशन तामाङ बसको ढोका लगाई सिटमा मृत अबस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको जनाइएको छ ।