Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौँ, १३ माघ २०८१ । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेर बन्द भएको छ। नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ विन्दुमा अडिएको छ।

यसदिन ३१८ स्क्रिप्सको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। अपर लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुङ खोला जलविधयुतको सेयर १० प्रतिशतले घटेको हो।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ९।८८ प्रतिशतले बढ्दा आराम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ९।६८ र सिकलेस हाइड्रोपावरको ८।६० प्रतिशतले बढयो।

कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३९ करोड ५३ लाख ७३ हजार २१२ रुपैयाँको सेयर कारोबार भयो। नेपाल रिइन्स्योरेन्सको ३८ करोड,एनआरएन इन्फ्राक्टक्चर एण्ड डेभलपमेन्टको २५ करोड,सिन्धु विकास बैंकको २९ करोड र सीईडीबी होल्डिङ्सको २५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ११६ स्टक्सको मूल्य बढ्दा १२१ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो। पाँच समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।

तपाईको प्रतिक्रिया