झापा, ६ माघ २०८१ । झापाको हल्दिवारीमा साढे चार लाखभन्दा बढीको नगद र गरगहना चोरी भएको छ । हल्दिवारी –२ काजली चोक बस्ने एकल महिला तिलकुमारी सुवेदीको घरको पछाडीपट्टिको झ्याल फोडी चोरी भएको हो ।सुवेदी बिगत २०–२२ दिन अगाडी मोरङतर्फ गएको र घरमा कोही नभएको अवस्थामा घरभित्र रहेको नगद १५ हजार , सुनको सिक्री १ तोला, बेरुवा औठी १ तोला, चुरा १ तोला गरी जम्मा ३ तोलासमेत गरी जम्मा ४ लाख ६५ हजारबराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
हिजो बिहान १० बजे स्थानीय मानभक्त लिम्बूले चोरीको घटनाबारे प्रहरी चौकी हल्दीबारीमा जानकारी गराएका थिए । चोरी गर्ने ब्यक्तिको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।