Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

झापा, ५ माघ २०८१ । पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कुटपिट भएको छ ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा कन्काई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि कुटपिट भएको हो ।

बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ज १८७० मा सवार एक समूहले कुटपिट गरेको बताइएको छ । कुटपिटबाट थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

 

तपाईको प्रतिक्रिया