Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

झापा, ४ माघ २०८१ । झापाको मेचीनगरमा घरायसी विवादका कारण श्रीमतीले धारिलो हतियार प्रहार गरी श्रीमानलाई गंभीर घाइते बनाएकी छन् ।

हिजो साँझ ७ः२५ बजे अर्जुनधारा नगरपालिका वडा न.२ खुदुनावारी घर भई हाल मेचीनगर नगरपालिका वडा न.६ जेसिका ठ्याकस्थित हरि श्रेष्ठको घरमा डेरा गरी बस्ने ३१ वर्षीय अमर लिम्बूलाई उनकी श्रीमती २८ वर्षीया सुमित्रा खत्री (लिम्बू) ले घरायसी विवादका कारण धारिलो हतियार प्रहार गरेकी हुन् ।

टाउको र हातमा हतियार प्रहारबाट घाइते भएका अमरलाई उपचारको लागि आम्दा अस्पताल धुलावारी पठाइएको छ । घाइतेको अवस्था मध्यम रहेको र धारिलो हतियार प्रहार गर्ने उनकी श्रीमती सुमित्रालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ ।

 

तपाईको प्रतिक्रिया