Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

उदयपुर, ३ माघ २०८१ । आफ्नै नाबालिका छोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा उदयपुरका एक व्यक्ति पक्राउ परेका छन् ।

मंगलवार राति ११ः३० बजे उदयपुर बेलका नगरपालिका वडा न.८ रंगमल टोल बस्ने ३३ वर्षीय परिवर्तित नाम १४–०४–३० (घ) ले आफ्नै छोरी १४ वर्षीया परिवर्तित नाम १४–०४–३० (ख) लाई आफ्नै घर कोठामा जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडितका ठुली आमा परिवर्तित नाम १४–०४–३० (क) ले आज बिहान इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा जाहेरी दिएपछि छोरीलाई बलात्कार गर्ने परिवर्तित नाम १४–०४–३०(घ) लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया