Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

काठमाडौं, ३ माघ २०८१ । सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्यवृद्धि गरेको विरोधमा हार्डवेयर व्यवसायीहरुले चक्काजाम गरेका छन् ।

सुनसरीको कोशी गाउँपालिका वडा नं.४ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत धर्मकाँटामा सुनसरी हार्डवेयर व्यवसायी संघर्ष समितिका संयोजक माधव पाठकको नेतृत्वमा हार्डवेयर व्यवसायीहरु भेला भई पश्चिमतर्फबाट आएका सिमेन्ट र क्लिङकर बोकेका ट्रकहरुलाई अवरोध गरेका हुन् । उनीहरुले १२–१३ वटा ट्रकहरु रोकिराखेको प्रहरीले जनाएको छ ।

संघर्ष समितिका अनुसार आज सुनसरीको सबै नाकाहरुमा बिहान ७ देखि बेलुका ५ बजेसम्म सिमेन्ट ढुवानी गरेर आएका ट्रकहरु रोकेर राख्ने र भोलिदेखि सिमेन्ट ढुवानी गरेर आएका ट्रकहरुलाई समस्या समाधान नहुन्जेलसम्मको लागि रोकेर राख्ने विरोध कार्यक्रम रहेको छ ।

 

तपाईको प्रतिक्रिया