Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

भैरहवा, १ माघ २०८१ । मंसिर अन्तिम साताबाट उडान रोकेको फ्लाई दुबईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाबाट उडान फेरि थालेको छ। मौसमको कारण देखाउँदै फ्लाई दुबईले उडान रोकेको थियो।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाई दुबईले पुनः दुबई–भैरहवा–काठमाडौँ उडान आइतवार शुरु गरेको हो।

उडान थालेको पहिलो दिन आइतवार दुबईबाट ९० जना यात्रु लिएर जहाज गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको जानकारी रावतले दिए।

जहाजमा आएका ९० जना यात्रुमध्ये ८३ यात्रु भने सोही उडानबाट काठमाडौँ गएका छन्। १५ जना दुबई जानका लागि भैरहवाबाट प्रस्थान गरेको विमानस्थल प्रशासनले जनाएको छ।

सूचना अधिकारी रावतले अब फ्लाई दुबईले भैरहवाबाट नियमित उडान गर्ने जानकारी दिए।

 

तपाईको प्रतिक्रिया