Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

सोलुखुम्बु, १ माघ २०८१ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ स्थित निर्माणाधीन मकालु एपेक्स हाइड्रोपावरमा ब्लास्टिङ गर्ने क्रममा तीन जना मजदुर घाइते भएका छन्।

घाइते हुनेमा नवलपरासी बर्दाघाटका राजेन्द्र विक, रुकुम आठबिसकोटका हरिसचन्द्र बोहरा र सोही ठेगानाका नरबहादुर मगर रहेका छन्।

बिहान अन्दाजी ९ बजे भएको सो घटनालगत्तै घाइतेहरूलाई बुङ अस्पताल र छेस्काम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो।

थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। घाइतेहरूको काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताए।

तपाईको प्रतिक्रिया