Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

झापा, २८ पुष २०८१ । सुनसरीको धरानमा बन्दुक र विष्फोटक पदार्थसहित पाँचजना पक्राउ परेका छन् । गएराति १०:३० बजे धरान वडा नं। १९ को हरियाली चारकोशे जंगलमा धरानबाट रासतालतर्फ जाँदै गरेको बा ४ च ४३३ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा कारको दोस्रो सिटमुनि भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इटहरी १३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरी (चालक),रामधुनी ७ बस्ने ३३ वर्षीय सन्जु राई , सोही ठाउँका ३१ वर्षीय विनयराज धामी ,२८ वर्षीय दिवस माझी र मोरङ सुन्दरहरैचा २ बस्ने ४१ वर्षीय मेहरमान भुजेल रहेका छन् ।

उनीहरुको साथबाट भरुवा बन्दुक थान –१, टोटा बन्दुकको गोली थान –२,बारुद भरिएको सानो बट्टा थान –२,प्लाष्टिकमा पोका बनाएको सानो पोका बारुद –१ पोका ,सानो सेतो बट्टामा रहेको बारुदको बट्टा थान –१,भरुवा बन्दुकमा लाग्ने फलामको गोली थान –३ र एक थान खुकुरी बरामद भएको धरान प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया