Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

काठमाडौं, २८ पुष २०८१ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स १.०१ प्रतिशतले घटेको छ।

यसदिन ३०१ स्क्रिप्सको ८० लाख २१ हजार ६३१ कित्ता सेयर ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३२३ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य नकारात्मक सर्किट लेभलमाा कारोबार भयो। विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले घटेको हो। आज न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा एनआरएन शीर्षस्थानमा रह्यो। सो कम्पनी २० करोड ४१ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सिन्धु विकास ब‌ैंकको १८ करोड,सिंगटी हाइड्रो इनर्जीको १६ करोड,हिमालयन पावरको १३ करोड र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ४३ स्टक्सको मूल्य बढ्दा १९४ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो। सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। फाइनान्स समूहको उपसूचक भने ३.६० प्रतिशतले ओरालो लाग्यो।

 

तपाईको प्रतिक्रिया