Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

झापा, २६ पुष २०८१ । लागूऔषध ब्राउनसुगरसहित शिवसताक्षीमा एक दम्पती पक्राउ परेका छन् । हिजो दिउँसो १२ः४० बजे शिवसताक्षी नगरपालिका वडा नं.११ मिलनकुमार राईको घरमा दमक नगरपालिका वडा नं.४ फुलबारी टोल बस्ने २६ वर्षीय सरुप राई र उनकी श्रीमती ३२ वर्षीया आरती मगर ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

घर खानतलासी लिँदा घरभित्र रहेको टेबलमाथि प्लाष्टिकले पोका पारी राखेको अवस्थामा प्लाष्टिकबाहेक २ ग्राम ५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया