झापा, २४ पुष २०८१ । झापाको बिर्तामोडमा नवजात शिशु मृत फेला परेको छ । बिर्तामोड-५ को जात्रुवारीमा गर्भमा अन्दाजी ३÷४ महिनाको जस्तो देखिने नवजात शिशु बेवारिसे अबस्था घोप्टो परी मृत फेला परेको हो ।
आज दिउँसो अन्दाजी २:३० बजे जात्रुबारीको घुमाउरो टोलस्थित सडकको छेउमा नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।त्यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । करिव एक महिनाअघि पनि त्यस ठाउँमा त्यस्तै नवजात शिशुको शव फेला परेको थियो ।