Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

काठ्माडौं, १६ पुष २०८१ । नेपाल टेलिकमले सस्तो दरमा भारत कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरूमध्ये एक्सिस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी एक्सिस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट ३ रूपैयाँ ७६ पैसा कायम गरिएको हो।

यसका साथै एक्सिस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको पनि टेलिकमले जनाएको छ।

तपाईको प्रतिक्रिया