झापा , १३ पुष २०८१। घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।
सात दिनको म्याद सकिएर हिजो थप म्यादका लागि शिवाकोटीलाई प्रहरीले जिल्ला अदालत लगेको थियो । हिजो पाँच दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
यसअघि अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न चार , पाँच र त्यसपछि सात गरी १८ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडले शिवाकोटीलाई गत मंसिर २५ गते पक्राउ गरेको हो ।