Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

काठमाडौँ, १२ पुष २०८१ । वैदेशिक रोजगार विभागले इजरायल जान छनौट भएका कामदारहरूलाई स्वास्थ्य परीक्षण गराउन भनेको छ । इजरायल र नेपाल सरकारबिच भएको श्रम सम्झौता बमोजिम चिट्ठा प्रणालीबाट छनौट भएका सहायक कामदार (केयर गिभर) हरूलाई स्वास्थ्य परीक्षण गराउन भनेको हो ।

त्यसका लागि पुस १७ गतेदेखि २३ गतेसम्म विभागले तोकेका ५ वटा अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । त्यसका लागि नेपाल मेडिसिटी हस्पिटल, भैसेपाटी, स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल, मण्डिखाटार, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भु र क्रिस्टल डायग्नोस्टिक सिनामंगल तोकिएका छन् ।

इजरायले नेपालबाट दुई हजार केयरगिभर लैजान लागेको छ । पहिलो चरणमा एक हजार जना र त्यसपछि बाँकी वैकल्पिकमा रहेका एक हजार जनालाई लैजाने तयारी गरेको हो ।

इजरायलमा जारी युद्धका कारण कामदार पठाउन ढिलाइ भएको हो । यसअघि दसैँ तिहारअघि नै लैजाने प्रक्रिया अगाडि बढाउने भन्ने थियो । तर, इजरायलमा चर्किएको युद्धका कारण कामदार पठाउन रोकिएको थियो । अहिले युद्ध केही हदसम्म मत्थर भएसँगै कामदार लैजाने प्रक्रिया अघि बढेको हो ।

 

तपाईको प्रतिक्रिया