Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

झापा, ११ पुष २०८१ । नेपाल प्रहरीले लामो समयदेखि बिनाजानकारी सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ। तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेका दुई सहायक हवलदार र प्रहरी जवानसहित ३० जनालाई सम्पर्कमा आउन भनिएको हो।

प्रहरी प्रधान कार्यालयको कानून शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा आउन उनीहरूलाई निर्देशन दिएको हो। तोकिएको समयभित्र नआए उनीहरूलाई सेवाबाटै हटाउने चेतावनी पनि कार्यालयले दिएको छ।

हेर्नुहोस् सूचना-

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया