Online Bichar
शनिबार, बैशाख ०६, २०८२ | Saturday, April 19, 2025

मोरङ, ९ पुष २०८१ । मोरङको जहदामा मर्निङवाकमा गएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका नजिकैको कटहरी गाउँपालिकामा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

जहदा-४ निवासी युवतीलाई बाँसको झ्याङमा लगेर हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर सामूहिक बलात्कार गरिएको पीडितको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । अर्धचेत अवस्थामा भेटिएकी उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार प्रारम्भिक अनुसन्धानले युवतीमाथि सामूहिक बलात्कार भएको पुष्टि भएको छ । उनले घटनाको अनुसन्धान सुरु भएको र दोषीको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारिएको जनाएका छन् ।

युवती बिहान ५ बजे मर्निङ वाकका लागि घरबाट निस्केकी थिइन्। तर, घर नफर्किएपछि परिवारजनले खोजी सुरु गरेको उनका ठुलो बुबाले बताए। स्थानीयले युवतीलाई अचेत अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए। युवती फेला परेको स्थान उनको घरबाट करिब दुई किलोमिटर टाढा रहेको छ।

 

तपाईको प्रतिक्रिया