Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

काठमाडौं, ८ पुष २०८१ । मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । जोरपाटीस्थित आफ्नै निवासमा उनी सुतेकै स्थानमा मृत फेला परेकी हुन् । पारिवारिक स्रोतका अनुसार उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो ।

सुतेकै ठाउँमा अचेत फेला परेकी उनलाई परिवारका सदस्यले तुरन्त अस्पताल पुर्याएका थिए । जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको मृत्युको कारण खुल्न सकेको छैन् । सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् ।

उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया