Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

धरान, ७ पुष २०८१ । धरानमा लागुऔषधसहित दाजुभाइ पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान-८ भोटेपुलबाट पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवश कुँवरका अनुसार लागुऔषध कारोबार गर्ने धरान-८ का २६ वर्षीय महेश राई र २३ वर्षीय मनिस राई पक्राउ परेका हुन। पक्राउ परेका दुवैजना सहोदर दाजुभाइ हुन्।

दुवैजनाले आफ्नै घरमा लागुऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरी घरमा खानतलासी गर्दा घरको कोठाभित्र प्रतिबन्धित लागुऔषध ट्रामोल २० हजार क्याप्सुलसहित दाजुभाइलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए। पक्राउ दाजुभाइलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए

 

तपाईको प्रतिक्रिया