Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

काठमाडौं, ६ पुष २०८१ । उत्पादनमुलकतर्फ तेस्रो चरणको ईपीएस भाषा परीक्षामा ३ हजारभन्दा बढी उत्तीर्ण भएका छन्। दक्षिण कोरियाको मानव संसाधन विकास सेवाका अनुसार कात्तिक २६ देखि पुस २ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ हजार १२६ जना उत्तीर्ण भएका हुन्। तेस्रो चरणको परीक्षाका लागि ३६ हजार १७९ जना परीक्षार्थी थिए। जसमध्ये २६ हजार ७२ जनाले परीक्षा दिएका थिए।

पहिलो चरणमा भएको परीक्षामा ६ हजार ३२१ र ८ हजार ९६५ उत्तीर्ण भएका थिए। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो।

दक्षिण कोरियामा २०२५ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण

दक्षिण कोरियाले सन् २०२५ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण गरेको छ। रोजगार अनुमति प्रणाली ईपीएसमार्फत सन् २०२५ का लागि श्रमिकको कोटा १ लाख ३० हजार तोकेको हो। कोटा निर्धारण समिति (प्रवासी श्रमिक नीति समिति) को शुक्रबार बसेको बैठकले कोटा निर्धारण गरेको प्रवासी श्रमिक युनियन ९एमटीयु०का अध्यक्ष उदय राईले बताए।

जस अनुसार १७ देशबाट उत्पादन क्षेत्रमा ७२ हजार, पानीजहाज बनाउने कम्पनीका लागि २ हजार ५ सय, निर्माण क्षेत्रमा २ हजार, कृषि क्षेत्रमा १० हजार, मत्स्यपालनमा ८ हजार ५ सय र सेवा क्षेत्रमा ३ हजार तोकिएको छ। तोकिएको कोटा सकिएमा जुनसुकै क्षेत्रका लागि ३२ हजार राखिएको छ। यो कोटा मध्ये ७ हजार ७३० जना कमिटेड आउने छन् भने बाँकी सबै नयाँ प्रवासी श्रमिक आउने छन्।

२०२४ को कोटबाट अहिलेसम्म ७० हजार ४६० जनाको मात्र रोजगार अनुमति जारी भएको छ। यो संख्या सम्पूर्ण कोटाको ४७ प्रतिशत हो। गत अक्टोबरसम्म इपीएसको श्रमिक ३ लाख ३५ हजार ६३० जना छन्।

 

तपाईको प्रतिक्रिया