Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

बारा, ४ पुष २०८१ । ड्रममा डुबेर बालिकाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका-१ बरियारपुर टोलका समिर रायको छोरी २ वर्षीया अलिशा खातुनको घर नजिकै पानी भरी राखेको ड्रममा डुबेर बिहीबार दिउँसो मृत्यु भएको हो।

डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया