Online Bichar
शनिबार, बैशाख १३, २०८२ | Saturday, April 26, 2025

मोरङ, ४ पुष २०८१ । कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ। बुढीगंगा गाउँपालिका-६ सिन्धुवा टोलका ४५ वर्षीय बिमल चौधरीको कुखुरा फर्ममा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी भएको हो।

फर्म पूर्ण रूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया