Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

जेबि खड्का
गौरादह, ४ पुष २०८१ । दु:ख र पिडाले छट्पटाई रहेका गरिबका झुपडीमा पुगेर सहयोग गरिरहेका संग्रौलाले बेसहारा विद्यार्थीहरुलाई समेत सहयोग गरिरहेका छन।

गरिबीका रेखामुनि रहेका ब्याक्तीहरुलाई मौसम अनुसारका लुगा कपडा नि:शुल्क वितरण, बिरामीको औषधि उपचारमा आर्थिक सहयोग गर्नुका साथै विद्यार्थीहरुको अभिभावकत्व ग्रहण समेत गरेका छन । सेवा नै धर्म हो भन्ने उदेश्यका साथ गाउँ घरका झुपडीमा गरिबीको पिडामा मलम लगाइरहेका संग्रौलाले आफ्नो कमाईबाट सहयोग गरिरहेका छन् । सहयोग गर्ने क्रममा संघ संस्था, विद्यालय, विपन्न विद्यार्थी, आर्थिक अभावका कारण उपचार नपाएका बिरामीहरु पहिलो प्राथमिकतामा रहेका छन। अति विपन्न र बेसहारा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई लुगा ,जुत्ता ,कपडा र पढाइ खर्च दिएर उनीहरुको सहारा बनेका छन् ।

हालसम्म संग्रौलाले गौरादह नगरपालिका वडा नं.८ मा रहेको प्रगति मा.बि. मा ९ जना र अरुणोदय आधारभूत विद्यालयमा अध्यनरत २ जना र अन्य बिभिन्न ठाउँका बिद्यालयमा ७ जना गरी जम्मा जम्मा १८ जना बिद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन। बेसहारा र आफन्त नभएका सडक तथा फुटपाथमा बस्दै आएका ब्याक्तीहरुका लागि मानव उद्दार सेवा केन्द्र दमक मा रहेका २५ जना असायलाई आँफै उपस्थित भएर संग्रौलाले जाडोमा ओढ्नका लागि ब्लाइकेट बितरण गरेका छन् । यसबाट २५ जना बेसहारा बृद्ध ,बृद्धा मानसिक रोगी र बिरामी ब्याक्ती लाभान्वित भएका छन्।

गौरादह नगरपालिका वडा नं.८ निवासी मंगल सिंह राजवंशीको घर परिवारमा पर्न गएको बिपत्तिमा सहाराका लागि संग्रौला खम्बा भएर उभिएका छन्। राजवंशीकी श्रीमतीको निधन भएकाले काजकिरियामा सहयोगका लागि नगद ३ हजार ५ सय सहयोग गर्नु भएको छ। अरुणोदय आधारभूत बिद्यालयमा कक्षा-५ मा अध्यनरत राजवंशीकि नातिनी राज कुमारी राजवंशीको मृगौलाको समस्याका कारण धरान स्थित घोपा अस्पतालमा उपचार भइरहेकाले थप उपचारका लागि काठमाडौं लानु परेमा आफुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। गौरादह नगरपालिका वडा नं.८ मा संचालित अरुणोदय आधारभूत विद्यालयका संथाल जातिका अति बिपन्न परिवारका अभिभावक बिहिन २ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।

विद्यालयमा अध्यनरत कक्षा-१ मा प्रथम भै अध्यनरत रेबिका हस्दा र उनका दाजु कक्षा-५ मा प्रथम भई अध्यनरत निरज हस्दाको पढाइ सम्बन्धि सम्पुर्ण खर्चको जिम्मा लिदै अभिभावकत्व ग्रहण गरेका हुन्। संग्रौलाले दुई विद्यार्थीका लागि स्टेसनरी, विद्यालयका पोसाक, जाडोमा लगाउने न्यानो लुगा, जुत्ता ओढ्ने फाइबर सिरक र पढाइका लागि पाठ्यसामग्री समेत दिएका छन् । असहाय ,गरीब र उहाको सहयोगमा पुनर्जनम लिएका सयौ बिपन्न ,बिरामीहरुले उहालाई भगवान को अर्को रुप भन्ने गरेको गौरादह-२ का भुवन खड्का बताउँछन्। संग्रौलाले हाल विभिन्न अस्पतालमा ५ जना विपन्न परिवारका बिरामीहरुको आफ्नै खर्चमा उपचार गराई रहेका छन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया