झापा, ४ पुष २०८१ । दमकको मिलन लजमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । झापाको दमक नगरपालिका-६ स्थित बसपार्कमा निर्मला भारतीले संचालन गर्दै आएको मिलन होटल एण्ड लजमा सिन्धुली दुधौली नगरपालिका-१० का ३३ वर्षिय ईन्द्र बहादुर सुनुवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार(हिँजो) साँझ ६ बजेको समयमा मोरङ मिक्लाजुङ गाँउपालिका२ मधुमल्ला बस्ने २७ वर्षिया प्रिति भन्ने गोमा कुमारी तामाङ र मृतक भेटिएका सुनुवार समेत २ जनाले खाना खाई सँगै बसकोमा आज बिहान ६ः३० बजे उठि हेर्दा ईन्द्र बहादुर सुनुवार सुतेकै स्थानमा मृत्त अवस्थामा भेटिएको खबर गोमा कुमारी तामाङले उक्त होटलको साहुलाई जानकारी गराएको जनाइएको छ । उक्त होटल साहुले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराउना साथ उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।