Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

भक्तपुर, ३ पुष २०८१ । आफ्नै छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन्। छोरा ३१ वर्षीय नरेन्द्र बहादुर शाहीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-२ बस्ने अछाम कमलनगर नगरपालिका-६ हात्तिबाच घर भएका ६३ वर्षीय दिपबहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

विवादका क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका नरेन्द्रको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। नरेन्द्रको मृत्युको खबर पाउने वित्तिकै जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया