Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

दाङ, ३ पुष २०८१ । दाङमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर-२ भम्केस्थित एकताटोल बस्ने चित्रबहादुर बुढाथोकीले आफ्नै श्रीमतीको हत्या गरेका हुन् । घरायसी विवादका कारण टाउकोमा दाउ प्रहार गरी आफ्नै घरको कोठामा श्रीमती हस्तिकुमारी बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यागरी फरार रहेका चित्रबहादुरलाई तुल्सीपुर-७ स्थित कारागार कार्यालय नजिकैबाट नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको तुल्सीपुर प्रहरी प्रमुख अनील ठकुरीले बताए ।

 

तपाईको प्रतिक्रिया