Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

झापा, २ पुष २०८१ । इलामको चुलाचुलीमा दहमा डुबेर एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो ४ बजे चुलाचुली– ६ कालापानी बस्ने अन्दाजी २२ वर्षीय रविन राई घरबाट घाँस काट्न गएकोमा घर नफर्किएपछि खोजतलास गर्ने क्रममा आज बिहान १० बजे घरबाट अन्दाजी डेढ किलोमिटर दक्षिणपूर्वमा रहेको दहमा मृत अवस्थामा फेला परेका थिए ।

स्थानीयले शव फेला पारी जानकारी गराउनसाथ प्रहरी चौकी पख्रिनटारबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकसंग आवश्यक समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया