Online Bichar
शुक्रबार, जेठ ३१, २०८२ | Friday, June 13, 2025

काठमाडौं, २७ मंसिर २०८१ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन बुधबार ४५.८८ अंकले बढेको परिसूचक आज ३५.२२ अंकले घटेर २६८०.४९ विन्दुमा अडिएको छ। नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। आज ६ अर्बमाथिको कारोबार भएको छ। बुधबार ५ अर्ब ५ करोड बराबरको सेयर कारोबार भएको थियो।

यसदिन ३०४ स्क्रिप्सको १ करोड २२ लाख ५९ हजार ९९२ कित्ता सेयर ६ अर्ब ५७ करोड ९ लाख ६२ हजार २५८ रुपैयाँमा खरिदबिक्री भए। नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

आज जानकी फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ४० स्टक्सको मूल्य बढ्दा २०४ वटाको घट्यो।

दुई समूहको उपसूचक बढ्दा अन्यको घट्यो। मनु एण्ड प्रो र म्यु्चुअल फण्डको उपसूचक बढ्दा अन्यको घटेको हो।

तपाईको प्रतिक्रिया