Online Bichar
शनिबार, माघ ०५, २०८१ | Saturday, January 18, 2025

झापा, २४ मंसिर २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने राष्ट्रिय स्वतन्त्र पार्टीका १८ जना कार्यकर्ता पक्राउ परेका छन् । आज दिउँसो २ः५५ बजे गौरादह –५, स्थित स्कुलचौनमा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रमबाट गौरादह बजारमा आयोजित ताजपुरिया समाज कल्याण परिषदको २९ औं स्थापना दिवस कार्यक्रममा सहभागी हुन आउने क्रममा प्रधानमन्त्री ओलीलाई गौरादह बजारस्थित झापा बेकरी हाउस अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले कालो झन्डा देखाएका थिए । त्यसक्रममा रास्वपाका गौरादह नगर सभापति जगत अधिकारीसहित १८ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा पार्टीका गौरादह नगर सभापति जगत अधिकारी , गौरादह नगर सचिव प्रवीण बस्नेत , क्षेत्र नं। ५ की क्षेत्रीय सदस्य निर्मला शर्मा , दमक नगर उप–सभापति प्रतिमा दाहाल, गौरीगंज गाउँपालिका सचिव उद्धवप्रकाश गौतम, दमक नगर सचिव प्रवीण पाठक,गौरादह ७ का वडा सभापति ऋषिराम प्रसाईँ ,पार्टी सदस्यहरू अनीश सुवेदी,टंक खनाल,गणेशराज पाण्डे, छत्रपति भट्टराई ,छत्रबहादुर कार्की , गौरादह ३ का वडा सभापति कमल बस्नेत , गौरादह ५ का वडा सभापति भवानीप्रसाद फुयाँल,पार्टी सदस्य बाबुराम दाहाल , नगर सदस्य खेमप्रसाद लुइँटेल, गौरादह ४ का वडा सचिव दीपक सापकोटा र वडा नं ४ का सभापति युवराज खड्का रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको छ ।टाईम्स अफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया