Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

झापा, २३ मंसिर २०८१ । झापामा एक वृद्धाको हत्या गरेर फरार रहेका दुईजना पक्राउ परेका छन्। झापा गाउँपालिका-६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षिया फुलमाया मुर्मुको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार (हिँजो) दिउँसो ४ः३० बजेको समयमा हत्या गरेको अवस्थामा मुर्मुको शव फेला परेको थियो ।

हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ का २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ। हत्या गरेको अवस्थामा मुर्मुको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट आएको कुकुरसहितको टोली परिचालन गरेको थियो।

अनुसन्धान गर्ने क्रममा मृत महिलाको टाउको र चिउडोमा प्रहार गरि मार्न प्रयोग भएको कलको ह्याण्डिल र फरुवासहित बरामद गरेको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई झापा गाउँपालिका-७ कै मदरगाछबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय झापामा राखी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनिहरुका साथबाट लुटिएको मोबाइल १ थान र साइकल १ थान समेत बरामद गरिएको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया