Online Bichar
बुधबार, पौष ०२, २०८२ | Wednesday, December 17, 2025

काठमाडौं, १९ मंसिर २०८१ । त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ। समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ।

समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको बताए। उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदै छन्। सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ।

समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’भएका विद्यार्थी दीक्षित हुँदै छन्। समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिने छ। उनले प्रमुख अतिथिको टुंगो लाग्न बाँकी रहेको बताए।

तपाईको प्रतिक्रिया