झापा, १९ मंसिर २०८१ । झापाको गौरादहमा आगलागी हुँदा ६ वटा पशु चौपायाको जलेर मृत्यु भएको छ । मंगलबार (हिँजो) अन्दाजी ११ः४५ बजेको समयामा गौरादह नगरपालिका-४ डोरामारी स्थित खड्ग बहादुर कार्कीको जस्ताको छानो, सिमेन्टको पिलर भएको १ तले गाई गोठ (ग्वाली) मा अचानक आगलागी हुँदा ६ वटा पशु चौपायाका जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट गोठमा भएको खसी एउटा, माउबाख्रा एउटा, पाठापाठी ३ वटा, गाईको बाच्छी एउटा जलेर मृत्यु भएको जनाइएको छ । यस्तै, एउटा गाई जलेर घाइते भएको छ भने, सोहि स्थानमा रहेको को १९ प ४४९८, र को १९ प ६६७८ नम्बरको मोटरसाईकल, अन्नपात पुर्ण रुपमा जली नष्ट हुदा १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानविय क्षति नभएको जनाइएको छ । उक्त आगो प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी, गौरादह नगरपालिकाको दमकल र स्थानिय मानिसहरुको सहयोगमा बिहान ४ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।