Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

विराटनगर, १७ मंसिर २०८१ । नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतकमा संखुवासभाबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य विदुर लिङ्थेप नियुक्त भएका छन्। नेकपा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

प्रमुख सचेतक रेवतीरमण भण्डारी आज आन्तरिक मामिला तथा कानुन मन्त्री बनेपछि लिङ्थेपले नियुक्ति पाएका छन्। प्रदेश सभामा निर्वाचित हुनुअघि लिङ्थेप संखुवासभाको मादि नगरपालिकाको मेयर थिए।

 

तपाईको प्रतिक्रिया