१७ मंसिर २०८१ । झापामा सवारी दुर्घटनाबाट घाइते भएका एक व्यक्तीको उपचारको क्रममा मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका५ का ६६ वर्षिय दरपलाल राजबंशी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यही मंसिर १४ गते शिवसताक्षी नगरपालिका-५ भित्रि सडक खण्डमा शिवगञ्जबाट भेलामुनि तर्फ जादैं गरेको मे ३ प ४६०२ नम्बरको मोटरसाईकलले साईकलयात्री राजवंशीलाई ठक्कर दिई दुर्घटना भएको थियो । घाइते राजवंशीको आम्दा अस्पताल दमकमा सामान्य उपचार पश्चात बिएण्डसी अस्पताल बिर्तामोडमा लगि उपचार भइरहेकोमा आज ३ः३० बजेको समयमा उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ ।






