१७ मंसिर २०८१ । झापामा फलामको चेन गेटले किचेर घाईते भएका ३ वर्षिय बालकको उपचारको क्रममा मृत्यु भएको छ । ईलाम देउमाई नगरपालिका-८ घर भई हाल बिर्तामोड नगरपालिका-१ बुद्दचोक स्थित राम कुमार आचार्यको घरमा डेरा गरी बस्ने राज कुमार राईको ३ वर्षिय छोरा दिवाहाङ राईको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंसिर १३ गते बालक खेल्ने क्रममा फलामको चेन गेटले किचेर घाईते भएका थिए । घाइते बालकलाई उपचारको लागी बिर्तासिटी अस्पतालमा ल्याई सामान्य उपचार पश्चात बिएण्डसी अस्पताल बिर्तामोड लगि उपचार भइरहेकोमा आज ३ः१० बजेको समयमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






