Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

बझाङ, १७ मंसिर २०८१ । बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धीरेन्द्र पुजारा निर्वाचित हुनुभएको छ ।

सो गाउँपालिकाका वडाध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनमा कांग्रेसका पुजाराले ६५७ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी, उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार लखीचन्द्र बोहराले ४८७ मत प्राप्त गर्नुभएको छ ।

 

 

तपाईको प्रतिक्रिया