Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

विराटनगर, १७ मंसिर २०८१ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । संविधानसभा सदस्य भण्डारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गर्ने भएका हुन् ।

मानव तस्करी प्रकरणमा मुछिएर तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय खाली थियो ।

भण्डारीको शपथ आज साढे ५ बजे गर्ने तयारी छ । भण्डारीले पनि साढे ५ बजे शपथग्रहण रहेको जानकारी दिए ।

‘नियुक्तिको प्रक्रियामा छ,’ उनले भने,‘ साढे ५ बजे शपथ ग्रहणको तयारी छ ।’

कोशीमा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका छन् । डाक्टर शेखर कोइराला पक्षले नाम नदिएका कारण राईले दोहोरो जिम्मेवारी सम्हालिरहेका छन् ।

कोइराला पक्षले नाम नदिएका कारण स्वास्थ्य मन्त्री आज एक जनाको मात्रै शपथ ग्रहण हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया